|

काठमाडौं : १९ वर्ष मुनिको आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा शनिवार नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल मलेसियाको यूकेएम ओभलमा बिहान ११ बजे सुरु हुनेछ। 

आज नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ। शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो। युएई पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा यूएईले भुटानलाई १६० रनले हराएको थियो। 

छनोटमा नेपालसहित, आयोजक मलेसिया, यूएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्। यस्तै नेपालले सोमबार भुटान, मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्ने तालिका छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.