|

विराटनगर : राप्रपा नेपालका अध्यक्ष कमल थापाले धार्मिक स्वतन्त्रता सहितको हिन्दूराष्ट्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र समानुपातिक निर्वाचन प्रणाली राप्रपा नेपालको प्रस्ताव रहेको बताए।

​उनले विराटनगरमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रममा यस्ताे बताएका हुन्।

प्रदेश नं १ को राजधानी विराटनगरमा वर्तमानका चुनौती र विकल्प विषयमा बुद्धिजीवी वर्ग र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरुसँगको अन्तर्क्रियामा बोल्दै अध्यक्ष कमल थापाले राप्रपा नेपाल पार्टीको भावी योजना तथा कार्यदिशाका बारेमा स्पष्ट पारेका थिए।

पार्टीको एजेन्डाको बारेमा धारणा राख्दै थापाले धार्मिक, सांस्कृतिक पक्ष र महत्त्व, आर्थिक अवधारणा, बेरोजगारी समस्या, बढ्दो भ्रष्टाचार, कुशासन लगायतको चर्चा गर्दै राप्रपा नेपाललाई मुलुकको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्न प्रयासरत रहेकाे बताए।

मुलुकको आर्थिक दुरावस्थाका कारण आगामी दिन झन् सङ्कटग्रस्त हुने तर्फ थापाले चिन्ता प्रकट गरेका थिए। उनले समस्याको निकास दिन र मुलुकलाई असफलताबाट जोगाउन सबै क्षेत्रबाट दलीय स्वार्थ र वाद भन्दा माथि उठेर सोच्नु पर्नेमा जोड दिए।

यसैगरी प्रदेश १ स्तरीय अगुवा कार्यकर्ता भेलाको पनि अध्यक्ष थापाले आज विराटनगरमा उद्घाटन गरेका छन्। समारोहलाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने दृढता व्यक्त गरे। संगठन निर्माणलाई केन्द्रमा राखेर उच्च मनोबल सहित जनतामा जान समेत थापाले कार्यकर्ताहरूलाई आग्रह गरे।

कार्यक्रममा प्रदेश १ नम्बर भित्रका केन्द्रीय पदाधिकारी, सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा जिल्ला अध्यक्ष सहितका प्रतिनिधिहरुको सहभागिता रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.