|

काठमाडौं : काली गण्डकी आयोजनाको १४० मेगावाट विद्युत भारत निर्यात हुन थालेको छ। 

गए मध्यरातिदेखि आयोजनाको विद्युत् निर्यात गर्न थालिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। भारतले निकासीको स्वीकृत दिए बमोजिम विद्युत निर्यात गरिएको हो। 

भारतले त्रिशुली, देवीघाट,मस्र्याङदी, मध्यमस्र्याङदी, लिखु खोला जलविद्युत् आयोजनाका साथै काली गण्डकी आयोजको विद्युत्लाई निर्यातका लागि स्वीकृती दिएको छ। 

यस अघि नेपालले देवीघा र त्रिशुली आयोजनाको विद्युत पठाउदै आएको थियो। काली गण्डकीको विद्युत् निर्यात भएसँगै अब भारतमा १७७ दशमलब ७ युनिट विद्युत् निर्यात हुन थालेको प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले जानकारी दिए। 

अरु आयोजनाको विद्युत् पनि निर्यातको तयारी भइरहेको प्रवक्ता भट्टराईले बताए। नेपालमा विद्युत् उत्पादन बढ्नथालेसँगै  प्राधिकरणले भारतमा निर्यात गर्न थालेको हो। नेपालको विद्युत् भारतमा प्रतियुनिट १९ रुपैयाँमा बिक्री  हुन थालेको प्राधिकरणको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.