|

कञ्चनपुर : बेलौरी नगरपालिका १० शिवनगरबाट प्रहरीले लागुऔषध खैरो हिरोइन सहित अन्दाजी वर्ष ३८ का बलराम चौधरीलाई आज पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहका अनुसार नेपाल भारत सीमा नजिकै भएर पैदल हिडेर आउँदै गरेका चौधरीलाई शंका लागी चेकजाँच गर्दा १२ दशमलव ११ ग्राम लागुऔषध खैरो हिरोइन बरामद भएको छ।​

पाईन्टको पकेट भित्र कालो प्लाष्टिकको थैलीमा लुकाई राखेको अवस्थामा दुई पोका लागुऔषध खैरो हिरोइनका बरामद भएको उनले बताए।

लागुऔषध सहित पक्राउ परेका चौधरीलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धानको कार्य गरिरहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.