|

दाङ : दाङमा अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्।

भारतको बलरामपुर घर भई हाल घोराही उपमहानगरपालिका १४ मा बस्दै आएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान पंकज गुप्तालाई  लोहोरो  प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

श्रीमानको हत्या गरेको आरोपमा गायत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ। श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा श्रीमानको मृत्यु भएको गायत्रीले प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।

उनका अनुसार  श्रीमान-श्रीमती बीच पटक पटक झगडा हुने गरेको रहेछ। सोमबार बिहान विवादका क्रममा श्रीमतीले लोहोरो प्रहार गर्दा श्रीमानको मृत्यु भएको हाे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.