|
फाइल फोटो

काठमाडौं : एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति भएको खेलमा जोर्डनले नेपाललाई २–० गोल अन्तरले हराएको हो।

पहिलो हाफमा गोलरहित बराबरीमा जोर्डनलाई रोकेको नेपालले दोस्रो हाफमा दुई गोल बेहोर्‍यो। जोर्डनका अलि ओल्वन र हाम्जा अल दारदौरले एक–एक गोल गरे।

यो जितसँगै जोर्डनले ३ अंक जोडेको छ।छनोटको समूह 'ए' मा रहेको नेपालले अब शनिबार घरेलु टोली कुवेत र मंगलबार इण्डोनेसियासँग खेल्नेछ।

समूहको शीर्ष टोली एसियन कपमा पुग्नेछ। दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.