|

 काठमाडौं : जाजारकोटको जिल्लाको जुनीचाँदे गाउँपालिमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। 

स्वास्थ्य चौकी गर्खाकोटमा उपचार गर्दागर्दै थप एक जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। उनकाअनुसार मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–६ की कालिका शाही छन्। 

दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो। मृत्य हुनेमा १९ वर्षीय दर्शन शाही र ४३ वर्षीया नाना गिरिको रहेको प्रहरीको भनाइ छ।

सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्र तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बको बोलेरो जीप वडा नं ५ को गर्खाकोट भन्ने स्थानमा दुर्घटनामा परेको थियो। घटनामा ८ जना घाइते भएकाे र चारकाे अवस्था गम्भीर रहेकाे जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.