|

काठमाडौं : प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले महोत्तरी र सर्लाही जिल्लामा मिटरब्याजीहरूले स्थानीयलाई ठगी गरिरहेको उल्लेख गर्दै मिटरब्याजीहरूलाई कारबाहीको माग गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय माग गरी बोल्दै सांसद पोखरेलले अपराधको सूचीमा मिटरब्याजीलाई पनि सामेल गरेको उल्लेख गर्दै यसको लागि कानुन, प्रहरी, प्रशासन र अदालत सबै तयार भइनसकेको तर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले मिटरब्याजी विरुद्धको आन्दोलनलाई राष्ट्रिय विषय बनाउने सर्लाहीका डाचाराज वाग्लेको प्रतिगमनविरोधी आन्दोलनको क्रममा रहस्यमय मृत्यु भएको र सरकारले राम्रोसँग अनुसन्धान नगरेको भन्दै उच्चस्तरीय अनुसन्धान गर्नसमेत माग गरे।

पछिल्लो समय कतै मिटरब्याज र कतै ढुकुटी खेल जस्ता क्रियाकलाप बढेका र यसबाट देखिएका नकारात्मक परिणामका घटनाहरू सार्वजनिक हुन थालेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.