|

यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत विश्वविजेता फ्रान्स अष्ट्रियासँग १–१ को बराबरीमा रोकिएको छ। अर्को खेलमा डेनमार्कलाई हराउँदै क्रोएसियाले पहिलो जित निकालेको छ। 

 शुक्रबार राति भएको खेलमा समूह ए १ को खेलमा दोस्रो बराबरी गर्ने क्रममा फ्रान्सले अष्ट्रियासँग अंक बाँड्न बाध्य भएको हो।। सात मिनेट बाँकी रहँदा केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सको हार टारे।  यसअघि घरेलु टोली अष्ट्रियाको लागि आन्द्रेस वेमानले गोल गरेका थिए।

समूहको अर्को खेलमा क्रोयसियाले डेनमार्कलाई १–० अन्तरले पराजित गर्‍यो। प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा क्रोयसियाको लागि मारियो पासालिकले खेलको ६९औँ मिनेटमा गोल गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.