|

काठमाडौं : पूर्वमन्त्री मिथिला चौधरीको निधन भएको छ। ५७ वर्षको उमेरमा शुक्रबार राति उनको निधन भएको हो।

भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको छोरी रक्षाले जानकारी दिइन्। उनी क्यान्सरपीडित थिइन्।

मिथिला संविधानसभा सदस्यसमेत हुन्। नेकपा संयुक्तको सांसदको हैसियतमा उनले २०७४ साउन ११ गते जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्।

उनका श्रीमान्, एक छोरा र दुई छोरी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.