|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा लगाइएको ताला आइतबार खोलिएको छ। विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच आइतबार ६ बुँदे सहमति भएसँगै ताला खुलेको हो।

अतिरिक्त कक्षा व्यवस्थापन कार्यविधि २०७७ आवश्यक परिमार्जन गर्ने, सरकारले २०७४ मंसिर ८ गते त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्री परिषदद्वारा स्वीकृत १ हजार ४ सय २० जना शिक्षकको दरबन्दी कार्यान्वयनका लागि त्रिविले सरकारसँग १५ दिनभित्र पहल गर्ने लगायत सहमति भएको छ।

नेपाली कांग्रेसको विद्यार्थी संगठनले विभिन्न माग राख्दै गत माघ ६ गते र आंशिक प्राध्यापकहरूले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.