|

काठमाडौं : राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा(पार्वती)ले नयाँ शैक्षिक सत्र सुरु भएको महिनौँ पुग्दा पनि सरकारले नयाँ पाठ्यपुस्तक व्यवस्थापन गर्न नसकेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले तत्काल व्यवस्था विद्यार्थीहरूलाई पाठ्यपुस्तकको व्‍यवस्था गर्न माग गरिन्।

‘निर्धारित समयमा पाठ्यपुस्तक छैन, शैक्षिक सत्र सुरु भएको महिनौं पुगिसक्यो,अझै विद्यार्थीको हातमा पुस्तक छैन, पुस्तक बिना कसरी अध्ययन गर्छन्?, राजधानीका विद्यार्थीले त पाएका छैनन् भने विकट जिल्लाकाले झनै पाएका छैन,तर,यसतर्फ सरकारको ध्यान छैन,’उनले भनिन्।

उनले वर्षायाम सुरु भइसके पनि विपद् जोखिम व्यवस्थापनको कुनै सरकारले पूर्व तयारी नगरेको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.