|

काठमाडौं : दाङमा बौद्धिक अपाङ्गता भएकी एक युवतीलाई सामूहिक बलात्कार गर्ने एक आरोपीसहित २ जना पक्राउ परेका छन्।

तुलसीपुर उपमहानगरपालिका ५ न्युरोडकी एक २५ वर्षकी युवतीमाथि बिहीबार राती करिब सवा ८ बजे सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले उजुरी दिएकी थिइन्।

लगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले आरोपी तुलसीपुर– ५ बगरपुरका २९ वर्षीय शंकर विकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरीक्षक बखत शाहीले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार मतियार सोही ठाउँका कमल चौधरी पनि पक्राउ परेका छन्।

फरार रहेका अन्य दुई जना कान्छी भनिने अर्जुन नेपाली र अर्जुन बिकको खोजी भइरहेको प्रहरी निरीक्षक शाहीले बताए। ती युवतीलाई ललाइफकाइ गरेर तुलसीपुर– ९ दोघरेस्थित सशस्त्र प्रहरीको बेसक्याम्प नजिकै बन्दै गरेको घरमा बलात्कार गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.