|
फाइल फोटो

काठमाडौं : नेकपा (एमाले)का सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा एमालेको बटमलाइन भएको बताएका छन्।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा नेकपा (एमाले) को बटमलाइन भएको बताएका हुन्।

उनले अर्थमन्त्री शर्माको राजीनामासँगै सर्वदलीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए। उनले सिसिटिभि फुटेज मेटाउने र सूचना बेपत्ता पार्ने मानिसहरुलाई पनि कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

उनले भने, ‘अर्थमन्त्रीको नियत खराब छ भन्नेकुरा प्रष्ट देखिन्छ। उहाँले यसमा अपराध गर्नुभएको छ भन्नेकुरा प्रष्ट देखिन्छ। त्यसकारणले उहाँमाथि नै छानबिन गर्नका लागि सर्वदलीय संसदीय छानबिन समिति हामीले भनेका छौँ नम्बर एक। नम्बर दुई हाम्रो बटमलाइन अब अर्थमन्त्री पदमा रहन मिल्दैन कि त उहाँले राजीनामा गर्नुपर्छ। कि त प्रधानमन्त्रीले उहाँलाई बर्खास्त गर्नुपर्छ। नम्बर तीन, सिसिटिभि फुटेज मेटाउने, सूचनालाई बेपत्ता गर्ने जतिपनि मानिसहरु छन् तिनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।‘

सांसद भट्टराईले अर्थमन्त्री शर्माले राजीनामा नदिएमा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.