छानबिनमा गृहमन्त्रीको नाम राख्‍नैपर्ने अडानबाट पछि हट्दैनौँ : जीवन परियार

|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तारुढ दलहरू सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएको छ। सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस सांसद् तथा कार्यदल सदस्यसमेत रहेका जीवन परियारले यस्तो आरोप ललगाएका हुन्। 

नेता परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भएपनि सत्तापक्षका अन्य राजनीतिक दलहरू गम्भीर नभएको बताए। कांग्रेसले लामो समयदेखि सहकारी पीडितहरू, बचतकर्ताहरूको बचतको सुरक्षा र ती पीडितहरूले अविलम्ब आफ्नो बचत रकम फिर्ताको सुनिश्चितता खाजेको उनको भनाइ छ। 

नेता परियाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेको बारेमा अनुसन्धान गर्न माग गर्दै आएको तर सत्तापक्षले दोहोरो चरित्रले अन्योलता बढाएको आरोप लगाए।   

‘हामी अत्यन्त गम्भीर भएका छौँ। अहिले ५/६ दर्जन सहकारी संस्थाहरुले रकम अपचलन गरेको कुरा हामीले सुन्दै आएका छौँ। लाखौँ लाख वचतकर्ताहरुको रकम कसरी वचतकर्ताहरुको हातमा पुग्छ, पहिलो प्राथमिकता छ। हामीले माननीय उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेजीले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेका छन्। त्यसको सही ढंगबाट छानबिन हुनुपर्छ भन्ने नेपाली काँग्रेसको धारणा हो’, उनले भने, ‘सत्ता पक्षले प्रस्तावमा सकारात्मक छाैँ भन्ने र कहिले गलत व्याख्या गरिदिने कुराले अन्योलता आएको छ।’ 

प्रधानमन्त्रीको पहलकदमी सकारात्मक भएपनि सत्तामा रहेका अन्य दल समस्या समाधानका लागि तयार नभएको कांग्रेसको आरोप छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.