|

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश प्रमुख परशुराम खापुङलाई भेट गरी प्रदेशको नामकरण सम्बन्धी छलफल गरेका छन्।

बिहीवार मुख्यमन्त्री राईले प्रदेश प्रमुख खापुङलाई भेट गरी भर्खरै पास भएको बजेट र प्रदेशको नामकरण सम्बन्धमा छलफल भएको मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ।

यतिबेला प्रदेश १ सरकारसँगै प्रदेशसभाका माननीयहरूलाई प्रदेश नामकरणको दबाब परेको छ। तीनवटा मुख्यमन्त्री पाएको प्रदेश १ ले राजधानी पाउँदा अझै नाम पाउन सकेको छैन।

मुख्यमन्त्री राईले विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यही अधिवेशनमा नामकरणको विषय टुंगो लगाउने बताउँदै आइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.