|

संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। शुक्रबार खाँदबारी लेगुवा सडकखण्डको चैनपुर–१० दुम्कटामा को २ त ३९६१ नम्बरको मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय  प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।

मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर नगरपालिका–९का वर्षीय ४६ को केशव कार्की रहेको प्रहरी निरीक्षक खनालले बताए। मलामी बोकेर फर्किँदै गरेको ट्याक्टर दुम्कटानजिकै दुर्घटनामा परेको हो।

घाइतेको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल संखुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सवारी चालक चैनपुर नगरपालिका-१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ।

घाइतेको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। ट्याक्टरमा ४४ जना रहेको प्रहरीले जनाएको छ। घाइतेको उद्दारमा प्रहरी निरीक्षक सरोज खनालको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.