|

जनकपुरधाम : मधेश प्रदेशका  गृह तथा सञ्चार मन्त्रालयले सुरक्षानिकायलाई सवारीसाधन तथा विपदबाट उद्धार गर्ने सामग्री हस्तान्तरण गरेका छन्।

शुक्रबार एक कार्यक्रमबीच प्रहरीलाई ९ वटा भ्यान र २९ वटा मोटरसाइकल हस्तान्तरण गरिएको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले हस्तान्तरण गरेका हुन्।

महिन्द्रा कम्पनीको भ्यान अग्नि इन्कर्पोरेटेड, काठमाडौंबाट भ्याटसहित २ करोड ८५ लाख  ६५ हजार ९८१ रुपैयाँमा खरिद गरिएको मन्त्रीले जानकारी दिए। प्रतिगोटा भ्यान भ्याटबाहेक २८ लाख ८ हजार ८४७ रुपैयाँ परेको छ।

त्यस्तै टीभीएस कम्पनीका १२५ सिसी मोटरसाइकल २९ वटा जगदम्बा मोटर्स, काठमाडौंबाट ५६ लाख ५१ हजार ९९ रुपैयाँमा खरिद गरिएको छ। प्रतिमोटरसाइकल भ्याटबाहेक १ लाख ७३ हजार ३६२.८३ रुपैयाँ परेको छ।

त्यस्तै बाढीपहिरो, डुबानजस्ता विपदमा उद्धारका लागि बोटसहितको उद्धार सामग्री १ करोड ७४ लाख  १० हजार ५८८ रुपैयाँमा खरिद गरिएको हो।

त्यस्तै नेपाली सेनालाई प्रदान गरिएको ब्यान्डबाजा ९ लाख ७० हजार ८३९ रुपैयाँमा खरिद गरिएको छ। 

सवारीसाधन र उद्धार सामग्री हस्तान्तरण गर्दै प्रदेश गृहमन्त्री साहले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न र गाउँघरमा शान्ति सुरक्षाका लागि सुरक्षाकर्मीलाई सवारीसाधनको आवश्यकता महसुस भएकाले प्रदान गरिएको  जानकारी दिए।

मौसम पूर्वानुमान महाशाखाले मधेश प्रदेशमा बाढी डुबानको उच्च जोखिम रहेकाले  उद्धार सामग्री पनि हस्तान्तरण गरिएको मन्त्री साहले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.