|

दैलेख : दैलेखको गुराँस गाउँपालिकामा प्रहरीले गोली चलाएको छ। गाउँपालिकाले करार कर्मचारी हटाउने विषयमा विवाद भएपछि प्रहरीले गोली चलाएको हो।

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलका अनुसार गाउँपालिकाले करार कर्मचारी हटाएको विषयमा विवाद हुँदा प्रहरीले ३ राउन्ड हवाई फायर गर्नु परेको बताए।

आन्दोलनकारीको आक्रमणबाट गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीसहित ७ जना सुरक्षाकर्मी घाइते भएका प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताएका छन्। आन्दोलनकारीले ढुङ्गामुढा गरेपछि घाइते भएका ७ जना सुरक्षाकर्मीमध्ये ५ जनाको अवस्था गम्भीर रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.