|

काठमाडौं : काठमाडौं महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहोर अलग अलग संकलन गर्ने भएको छ। 

कुहिने र नकुहिने फोहोरको अलग अलग संकलन गर्ने अभियानमा सबैले साथ दिन महानगरका प्रमुख बालेन साहले अनुरोध गरेका छन्।

सामाजिक सञ्जाल फेसबुक स्टाटस लेख्दै प्रमुख साहले भनेका छन्, ‘हामीले फोहोरको सम्बन्धमा केही फरक सुरुवात गर्दैछौँ। कुहिने र नकुहिने अलग अलग प्रकृतिका फोहोरहरु उठाउनका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्ने गाडीहरु आउने छन्। यो गाह्रो कुरा पनि होइन। यसका लागि कुहिने र नकुहिनेलाई एकै ठाउँमा नमिसाइ दिए पुग्छ। अबदेखि कुहिने र नकुहिने फोहोरलाई अलग अलग भाँडोमा संकलन गरिदिनुहोला।’ 

महानगरले सुरु गरेको अभियानप्रति ऐक्यबद्धता जनाउँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै राख्न आग्रह गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ४ का सांसदसमेत रहेका थापाले आज सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै यो महा अभियानलाई सफल पार्न अनुरोध गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.