|

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित ढुंगेधारामा आगलागीबाट एउटा घर जलेको छ। विद्युत गडबडीका कारण मंलगबार आगलागी हुँदा स्थानीय मोहनकुमार दलार्मी मगरको घर जलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

डिएसपी सुवेदीका अनुसार दिउँसो १२ बजे विद्युत् सर्ट भएर आगलागी भएर मगरको घरमा क्षति पुगेको छ। आगो खाँदबारी नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयले निभाएका थिए।

आगलागीबाट डेढ लाख रूपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। आगलागीमा खाद्यान्न, लत्ताकपडालगायत केही सामाग्री भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.