|

काठमाडौं :  नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमामा सामान्य हेरफेर गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा
गरिएको ४-१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताए।

उनले यसअघि सेयर धितो राखि एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको बताएका हुन्।

मौद्रिक नीतिले सेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ। सेयर धितो कर्जामा एउटा बैंकबाट ४ करोडमात्र ऋण लिन पाउने सीमा खारेज गरेको छ। अब समग्रमा १२ करोडको सीमामात्र लागू हुने भएको छ। २५ लाखसम्मको सीमामा जोखिम भार १ सय प्रतिशत र त्यसभन्दा माथिमा १५० प्रतिशत कायम गरेको छ।

मर्जर तथा एक्विजिसनमा जाँदा सेयर कारोबार रोक्का राखिने  व्यवस्था खारेजसमेत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.