|

सर्लाही : पर्सा गाउँपालिका–१ शीतलपुरमा हत्या गरी गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ। 

२० वर्षीया निशा यादवको शव धान खेतमा गाडेको अवस्थामा शुक्रबार शव फेला परेको हो। 

महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आएपछि खोजीमा जुटेको ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

हत्यामा संलग्न मृतक निशा यादवका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

निशाका घरका सदस्यहरूमाथि शंका लागेपछि प्रविधियुक्त विश्लेषण गर्ने क्रममा हत्यामा संलग्नको पहिचान हुन सकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलसमेत अनुसन्धान टोली घटनास्थलमा पुगेर धान खेतमा खाल्डो खन्दा सडिसकेको अवस्थमा शव फेला परेको हो।  गत जेठ २२ गते निशाको हत्या भएको प्रहरीले जनाएको छ।  

महोत्तरी सोनमा गाउँपालिका–१ मगरथाना निवासी निशा यादवको गत वर्ष फागुनमा रमजेशकुमारसँग विवाह भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.