|

दाङ : पछिल्लो समय भाइरल ज्वरो बढेपछि घोराहीका संस्थागत विद्यालय ४ दिनसम्म बन्द गरिएको छ। उपमहानगरमा रहेका संस्थागत विद्यालयहरू मङ्गलबारदेखि ४ दिनसम्म बन्द गर्ने निर्णय गरेको घोराही नगर प्याब्सनले जनाएको छ।

पछिल्लो समय भाइरल ज्वरो बढ्दै गएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर प्याब्सन अन्तर्गतका विद्यालयहरूमा ४ दिनसम्म बिदा दिने निर्णय गरेको घोराही अध्यक्ष वीरेन्द्र चन्दले जानकारी दिए।

प्याब्सन घोराहीले सोमबार एक विज्ञप्ति जारी गरी विद्यालय बिदा गर्ने निर्णय गरेको उनको भनाइ छ।

पछिल्लो चरणमा देखिएको भाइरल सरुवा रोग विद्यार्थीहरूमाझ तीव्र रुपमा फैलिएको विद्यमान वर्तमान अवस्था तथा विभिन्न स्वास्थ्य विज्ञहरुसँगको परामर्शमा त्यस्ता संक्रमित विद्यार्थीहरू अन्यको सम्पर्कमा नराख्न सुझाव आए बमोजिम बिदा गरिएको उल्लेख गरिएको छ।

यस्तै यस स्वास्थ्य समस्यालाई विकराल हुनबाट रोक्न अभिभावक, विद्यार्थीहरू, शिक्षक तथा आम नागरिकमा सचेत रहन तथा आ–आफ्नो तवरले सहयोग गर्न अनुरोध गरिएको छ।

साथै घोराही उपमहानगरले भने गत असार २६ गतेदेखि साउन १० गतेसम्म बाँकी बर्षे बिदा एवं अन्य शैक्षिक क्यालेन्डर  अनुसार सामुदायिक विद्यालयहरू बन्द गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.