|

गुल्मी : आर्थिक वर्ष ०७८/७९ मा गुल्मीमा सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्या १७ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

कार्यालयका अनुसार ०७८ साल साउनमा ट्रयाक्टर दुर्घटनामा २ जना,जीपमा १ जना र मोटरसाइकलमा १ जना गरी कुल ४ जनाको मृत्यु भयो। तीमध्ये ३ जना पुरुष र १ जना महिला रहेको कार्यालयले जनाएको छ।

भदौमा जीप दुर्घटनामा एकजना पुरुषको मृत्यु भएको छ। असोजमा सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। तीमध्ये एउटा जीप र दुईवटा मोटरसाइकल दुर्घटनामा २ जना महिला र २ जना पुरुष गरी ४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख कृष्ण आचार्यले जानकारी दिए।

कात्तिकमा एक ट्याक्टर, एक जीप र दुईवटा मोटरसाइकल गरी ५ वटा सवारी दुर्घटनामा परे जसमा २ जना महिलाको मृत्यु भयो।

मंसिरमा ३ वटा मोटरसाइकल दुर्घटना भए पनि मानवीय क्षति भने नभएको कार्यालयले जनाएको छ। पुसमा एउटा मोटरसाइकल दुर्घटना हुँदा १ जना पुरुषको मृत्यु भएको कार्यालयले जनाएको छ।

माघमा भएका ४ वटा सवारी दुर्घटनामा १ जना  पुरुषको मृत्यु भएको कार्यालयको तथ्यांक छ। फागुनमा कुनै सवारी दुर्घटना नभएको कार्यालयले जनाएको छ।

चैतमा २ वटा मोटरसाइकल र २ वटा ट्याक्टर गरी ४ सवारी दुर्घटनामा ३ जना पुरुषको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए। वैशाखमा कुनै सवारीसाधन दुर्घटनामा नपरेको कार्यालयले जनाएको छ।

जेठमा मोटरसाइकल दुर्घटनामा १ जना पुरुषको मृत्यु भयो। असारमा कुनै सवारीसाधन दुर्घटना नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

यसरी १७ जनाको मृत्यु हुने गरी सवारी दुर्घटनाको कारण भने चालकको लापरबाहीका कारण भएको गुल्मीका प्रहरी सहायक निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए।

आव ०७७/७८मा कुल ३७ सवारी दुर्घटनामा २२ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ। जसमा १६ जना पुरुष, ५ जना महिला र एक जना बालक रहेका छन्।

आव ०७६/७७ मा २८ वटा सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। जसमा पुरुष १० जना, महिला ३ जना र २ जना बालबालिका रहेको कार्यालयले जनाएको छ।

दुर्घटना घटाउन जनचेतनामूलक कार्यक्रम

जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीले सवारी दुर्घटना न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम गरेको जनाएको छ। यातायात व्यवसायीहरू, चालक तथा सह-चालकलाई जनचेतनामूलक कार्यक्रम गरेको  कार्यलयले बताएको छ।

यस समय अवधिमा जिल्लामा ७ हजार ४८२ जना जनचेतनामूलक कार्यक्रममा सहभागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

विभिन्न अन्तरक्रिया, पर्चा पम्प्लेट वितरण र स्थानीय सञ्चारमाध्यमबाट ट्राफिकसम्बन्धी गतिविधि प्रशारण गरेको कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.