|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले देखिने गरी स्वास्थ्य अनुसन्धान हुनुपर्ने बताएका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री खापुङले देखिने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धानमा काम गर्न परिषद्लाई निर्देशन दिएका हुन्।

उनले परिषद्को कर्मचारी विनियमावली समस्या सम्बोधन गर्न प्रयत्न गर्ने बताए। उनले भने, ‘परिषद्को कर्मचारी विनियमावली ४ वर्षदेखि अलमलिएको छ। यो विषयमा अर्थ मन्त्रालयसँग छलफल गरी समाधान दिन प्रयत्न गर्छौ।’ मन्त्री खापुङले स्वास्थ्य क्षेत्रको अनुसन्धान आमनागरिकसँग पनि जोडिएको बताए।

यस्तै मन्त्री खापुङले स्वास्थ्यसम्बन्धी जनताले बुझ्ने के काम गरेको छ ? भनेर परिषद्‌सँग प्रश्न गरेका थिए। उक्त अवसरमा उनले भनेका थिए‚ ‘हालसम्म परिषद्ले ‘स्वास्थ्य सम्बन्धी जनताले बुझ्ने के काम गरेको छ? अनुसन्धान जनताले प्रत्यक्ष अनुभव गर्ने हुनुपर्छ। परिषद्‌ले गर्ने स्वास्थ्य अनुसन्धान पारदर्शी रूपमा गर्नुपर्‍यो।’

यस्तै उक्त अवसरमा स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र नवीनतम ज्ञान प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने बताए।

उनले भने, ‘पछिल्ला वर्षहरूमा स्वास्थ्य अनुसन्धानको संस्कृति बढ्दै गएको छ। परिषद्ले स्वास्थ्य अनुसन्धानका विभिन्न विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र अनुसन्धान संस्कृतिको प्रवर्धन तथा नवीनतम ज्ञान र प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने देखिन्छ।’ परिषद्लाई संघीय संरचना बमोजिम सञ्चालन गर्नुपर्ने समेत उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.