|

हेटौंडा : भ्यु टावर बनाउन सालको रुख काटेको आरोपमा ७ जनाविरुद्ध वन मुद्दा चलाइएको छ।

हेटौँडा उपमहानगरपालिका–१४ ड्राइभरडाँडाका ७ जना स्थानीय बासिन्दाविरुद्द भ्युटावर बनाउन सालको रुख काटेको आरोपमा वन मुद्दा चलाइएको हो। पर्सा राष्ट्रिय निकुञ्जले ३१ असारमा हरियाली मध्यवर्ती सामुदायिक वन समितिका पदाधिकारीसहित स्थानीय ७ जनालाई पक्राउ गरेको थियो।

जसमध्ये ५ जना पर्सा राष्ट्रिय निकुञ्जको हिरासतमा छन्। आधा दर्जन बढी निकुञ्जको अनुसन्धान घेराभित्र छन्। २ जना जेष्ठ नागरिकलाई परिवारको जिम्मा लगाएर घर पठाइएको जनाइएको छ।

उनीहरु ७० वर्षमाथि उमेरका भएकाले निकुञ्जले आवश्यक परेको अवस्थामा हाजिर गराउने गरी छोडेको हो। हेटौँडा उपमहानगरपालिका–१४ नम्बर वडाले पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमै भ्युटावर निर्माण गरिरहेको छ।

भ्यु टावरमा आर्थिक वर्ष ०७६/७७ मा ९ लाख ८९ हजार रुपैयाँ र आव ०७७/७८ मा पनि ९ लाख ८९ हजार नै खर्च भएको जनाइएको छ। हालसम्म भ्यु टावरको जग निर्माण गरेर भर्‍याङसहित पिल्लर ठड्याइएको छ।

निकुञ्जका सहायक वार्डेन सूचना अधिकारी सन्तोष भगतले रुख काट्नुको कारण खुलिनसकेको भएपनि निर्माणाधीन भ्युटावर नजिक जग्गा अतिक्रमण गर्ने उद्देश्यले रुख काटिएको आशंकामा ७ जनाविरुद्ध वन मुद्दा चलाएको जानकारी दिए। भगतले साना–ठूला गरी करिब १ सय वटा रुख काटिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.