|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पाँचदलीय गठबन्धन संघीय र प्रदेश निर्वाचन पछिसम्म कायमै रहने दाबी गरेका छन्।

एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न शनिबार सदरमुकाम सिलगढी पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको दाबी गरे। 

उनले भने, ‘पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्।’

उनले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको जिकिर गरे। 

‘स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको संघ र प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौँ’‚ उनको भनाइ छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.