|

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान परमादेशी गठबन्धन सरकारले देशहित विपरीतको नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाएका छन्। 

महँगी, भ्रष्टाचार र सरकारका राष्ट्रघाती कामको विरोधमा सोमबार राजधानीमा आयोजना गरेको वृहत् जनप्रदर्शनलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशको हित विपरीतको व्यवस्था गरेको दाबी गरेका हुन्। 

अंगीकृत नागरिकताका हकमा नेपाल र भारतमा समान कानुनी व्यवस्था हुनुपर्ने उनको भनाइ छ। एमाले नेतृत्वको सरकारको पालामा मुलुकको आर्थिक अवस्था सुदृढ रहेपनि गठबन्धन सरकार बनेपछि ओरालो यात्रामा रहेको दाबी गरे। 

उनले भने, ‘सबै आर्थिक सूचक नकारात्मक रहेका छन्। मुद्रास्फीति ८.५ प्रतिशतमा पुगेको छ। व्यापार घाटा बढ्दो छ। यही सरकार कायम रहे मुलुक एकदिन श्रीलंकाको अवस्थामा पुग्ने छ।’

देशको रक्षा गर्ने जिम्मेवारी एमालेको काँधमा रहेको र त्यसका लागि पार्टी सक्षम रहेको बताए। संसदबाट देशहित विपरीतका काम गर्न थालेकाले संसद तत्काल विघटन गरी नयाँ निर्वाचनमा जानुपर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.