काठमाडौं : देशभरि आइतबार ४ सय ५५ जना कोरोना संक्रमित भेटिएका छन्। ४ हजार ८२९ जनामा गरिएको परीक्षणमा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ३ सय २ जना संक्रमणमुक्त भएका छन्। आज २ जना संक्रमितको मृत्यु भएको छ।
मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार ४३५ जना सक्रिय संक्रमित रहेका छन्। जसमा ६५ जना आइसियू र २ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् भने १८९ जना संस्थागत आइसोलेशनमा र ५ हजार २४६ जना संक्रमित होम आइसोलेशनमा रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।