|

रौतहट : रौतहटमा पानीमा डुबेर एक युवक ज्यान गएको छ। 

जिल्लाको गरुडा नगरपालिका वडा नं–९ बस्ने  नरेश दासको २० वर्षीया छोरा विशवनाथ दासको नहरमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुण सिंहकाअनुसार मृतक दास नुहाउने क्रममा पानीमा डुबेर घटनास्थलमै मृत्यु भएको हो। 

उनको शव पोस्टमार्टमका जिल्ला अस्पताल गौर पठाइएको छ।

त्यसैगरी करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।  गरुडा नगरपालिका–१ जयनगर बस्ने ५७ वर्षीय रामप्रसाद यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

प्रहरीका अनुसार आफ्नै खेतमा घुम्न गएका यादवको विद्युत  पोल ढलेको तारमा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.