|

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ। 

गएरातिको खेलमा बर्नमाउथलाई ३–० गोलले पराजित गर्दै आर्सनलले लगातार तेस्रो जित निकालेको हो। आर्सनलको जितमा कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे भने विलियम सालिबाले एक गोल थपे गरे। 

यो जितसँगै आर्सनल ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। बर्नमाउथ ३ अंक जोडेर १४ औं स्थानमा रहेको छ।

गएराति नै भएको अर्को खेलमा लेस्टर सिटी पराजित भएको छ।  लेस्टरलाई साउथह्याम्पटनले २–१ गोल अन्तरले हराएको हो।

अर्को खेलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३–१ गोल अन्तरले हरायो र फुलहमले ब्रेन्टफोर्डलाई ३–२ ले पराजित गर्यो।

एभर्टन र नटिङघम फरेस्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे। त्यस्तै गएराति नै भएको अर्को खेलमा टोटेनहमले उल्भ्सलाई १–० गोल अन्तरले हरायो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.