|

म्याग्दी :  मालिका गाउँपालिका- ४ च्युरिबोटका युवाहरुको सामुहिक पहलमा जनश्रमदानद्वारा च्युरिबोट गाउँमा शनिबार (हिजो) दुई किलोमिटर बाटो मर्मत गरिएको छ।

च्युरिबोटस्थित परिवर्तन युवा क्लबको नेतृत्वमा सडक मर्मत गरिएको हो। वडाको सल्लेनदेखि च्युरीबोट गाउँ नजिकै पधेँरा खोल्सासम्म सडक मर्मत गरिएको क्लबका सचिव मदन पुनले जानकारी दिए।

अविरल बर्षातसँगै आएको पहिरोले गाउँपालिकाको केन्द्र दरबाङदेखि वडा कार्यालय जोड्ने सडक भत्काएपछि यातायात अवरुद्ध भएको थियो। उनका अनुसार,क्लबको नेतृत्वमा शनिबार करिब दुई किलोमिटर सडक मर्मत गरिएको छ। क्लबमा आवद्ध युवासहित सामाजिक अगुवाहरुले समेत श्रमदान गरेका हुन्।

सडक अवरुद्ध हुँदा वडा कार्यालय र स्वास्थ्य चौकीमा सेवा लिन आउने सेवाग्राहीसहित ढुवानीमा समेत समस्या भएको थियो।

पहिरो पन्छाएर सडक मर्मत गरेपछि स्थानीयवासी,बटुवा,विद्यार्थी लगायत सर्वसाधारणलाई सहज भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.