|
फाइल

सुडानमा अविरल वर्षा र बाढीबाट कम्तीमा पनि ८३ जनाको ज्यान गएको छ। सोमबार रातिसम्म कम्तीमा पनि ८३ जनाको ज्यान गएको हो। बाढी प्रभावित प्रान्त तथा क्षेत्रहरूका १८ हजार घर बगाएको छ। त्यसैगरी बाढीबाट कम्तीमा पनि २५ हजार घरमा बस्न नहुनेगरी क्षति पुगेको पनि बताइएको छ।

केही व्यक्ति हराएका छन् भने एक लाख ३६ हजार जना भन्दा बढी व्यक्ति बाढीबाट प्रभावित भएर अन्यत्र सारिएको छ।

मौसमसम्बन्धी अधिकारीहरूले सन् १९४६ पछि पहिलोपटक सुडानका नदीहरूमा पानीको सतह धेरै बढेको जनाएका छन्। बाढीका कारण कम्तीमा छ ओटा राज्यमा आपतकालको घोषणा पनि गरिएको छ। अत्याधिक वर्षापछि आएको बाढीका कारण संकट उत्पन्न भएको ‘नेसनल काउन्सिल फर सिभिल डिफेन्स’ले जनाएको छ।

नेशनल काउन्सिल फर सिभिल डिफेन्सका अनुसार यहाँका रिभर नाईल, गेजिरा, ह्वाइट नाइल, वेस्ट कोर्डोफन, साउद डार्फर र कसला राज्यमा बाढीको बढी प्रभाव देखिएको छ।

बाढीको प्रभाव बढी भएका यी राज्यहरूमा सरकारले आपतकाल घोषणा गरेको हो। प्रभावित क्षेत्रमा उद्धारकर्ताहरू परिचालन गरिएको र आवश्यक सहयोगको प्रवन्ध गरिएको अधिकारीहरूले जानकारी दिएका छन्।

बाढी पहिरो पीडितहरूलाई सहयोग गर्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदाताहरूलाई अनुरोध गरेको छ। स्वदेशी तथा विदेशी सहयोग संकलनका लागि सरकारले एक अलग्गै बैंक खाता खोल्ने निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.