|

काठमाडौं : सत्तारुढ दलहरुबीच सिट बाँडफाँटको खाका बनाउन गठित कार्यदलको बैठक शुक्रबार पनि बस्ने भएको छ।  बैठक दिउँसो ४ बजे बालुवाटारमा बस्ने भएको हो। 

बिहीबार साँझ बसेको कार्यदल बैठकमा गठबन्धनका दलले आगामी निर्वाचनका लागि आफ्नो सिट संख्या दाबी गरेका थिए। 

त्यही दाबीअनुसार आज कार्यदलका सदस्यहरुको बीचमा थप छलफल गरेर टुंगो लगाउने तयारी छ। बिहीबारको बैठकमा कार्यदल सदस्यहरुले प्रत्यक्षका १६५ सिटमा दुई सय ३२ भन्दा बढी सिट दाबी गरेका थिए। कांग्रेसले १००, माओवादीको ६०, एकीकृत समाजवादीको ४०, जसपाको ३० तथा जनमोर्चाको दुई सिटमा दाबी थियो।

​शुक्रवारको बैठकमा दलहरूबीच भएको दाबीमा थप छलफल हुने कार्यदल सदस्य तथा जनमोर्चाका नेता आनन्द शर्माले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.