|

काठमाडौं : प्रतिनिधि सभा अन्तर्गतको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिइरहेको छ। 

बुधबारदेखि थालेको बयान आज दोस्रो दिन पनि सुरू भएको हो। हिजोको बैठकमा जबरालाई ४३ मध्ये चार प्रश्न सोधिएको थियो। बाँकी प्रश्नको उनले क्रमशः सामना गर्दै जानेछन्।

जबराविरुद्ध फागुन १ गते सङ्घीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै उनी निलम्बनमा परेका थिए। 

अदालतमा भ्रष्टाचारलाई संरक्षित गरेको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको जस्ता आरोप उनीमाथि लागेकाे छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.