|

काठमाडौं : आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सुमन सायमीको नेतृत्वमा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन्। 

उनीहरूले ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा साझा घोषणापत्र, चुनाव चिह्न र साझा उम्मेदवार घोषणा गरेका हुन्। 

सायमी गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका थिए। उनले १३ हजार ७ सय ७० मत ल्याएका थिए। अहिले उनले काठमाडौं-८ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। 

सायमीसहित स्वतन्त्र अभियानबाट मधुसुदन पाठक ‘सिते बा’ काठमाडौं-५, विद्या श्रेष्ठ महर्जन काठमाडौं-९, रोहन कार्की काठमाडौं-२, राजाराम तण्डुकार ललितपुर-३, दर्‍हो स्तम्भ लोकेन्द्र भक्तपुर-२ र भीष्म राना रुपन्देही-५ बाट चुनाव लड्ने घोषणा गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.