|

काठमाडौं : कक्षा १२ को नतिजा सार्वजनिक भएको छ।

राष्ट्रिय परीक्षा बोर्डका प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्यालले आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेको जानकारी दिए।

उनले थाहाखबरसँग भने, ‘भर्खरै नतिजा प्रकाशित भएको छ। उनका अनुसार बोर्डको वेबसाइटमा गएर नतिजा हेर्न सकिनेछ।’

आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

परीक्षाफल ग्रेडिङ पद्धतीअनुसार प्रकाशन गरिएको हो। बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चालन गरिनेछ।

१२ कक्षाको परीक्षामा ४ हजार १७९ परीक्षार्थीले ३ दशमलव ६१ देखि ४ जिपिए ल्याएका छन् भने ३ दशमलव २१ देखि ३ दशमलव ६० जिपिए ल्याउने विद्यार्थी ३० हजार १०७ रहेका छन्।

ननग्रेडेड परीक्षार्थीको संख्या भने १ लाख ८८ हजार ४१० रहेको छ। २ विषयमा ननग्रेडिङ (एनजी) आउने परीक्षार्थीले असोजको अन्तिममा हुने परीक्षामा सहभागी हुन पाउनेछन्। बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.