|

सुर्खेत : चार दिनदेखि सुत्केरी बेथा लागेर बच्चालाई जन्म दिन नसकेकी जाजरकोट नलगाड नगरपालिका –८ की २७ वर्षीया लक्ष्मी ओलीलाई हवाई उद्धार गरिएको छ।

ओलीलाई राष्ट्रपति उद्धार कोषमार्फत नेपाली सेनाको पश्चिम हवाई बेसबाट गएर हेलिकोप्टरले आज बिहान उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याएको हो।

लुपाना घरमा सुत्केरी व्यथा लागेर दल्ली स्थित नगर अस्पतालमा ल्याएर चार दिनसम्म उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि आज प्रदेश अस्पतालमा ल्याएर उपचार सुरु गरिएको नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.