|

काठमाडौं : एसिया कप क्रिकेटको सुपर फोरमा आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने-सामने हुँदै छन्। 

यी दुई टोली ८ दिनको अन्तरालमा दोस्रो पटक एक अर्काविरुद्ध मैदानमा उत्रन लागेका हुन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ। गत अगष्ट २८ मा भएको भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो।   

२०१८ को एसिया कपमा पनि भारत र पकिस्तान दुई पटक एक अर्कासँग खेलेका थिए। दुवै खेलमा भारत विजयी भएको थियो।  आज पाकिस्तान भारतलाई पराजित गर्न चहान्छ। भारत पनि अघिल्लो खेलको नतिजालाई निरन्तरता दिने रणनीतिसहित मैदानमा उत्रिनेछ। 

सुपर–४ मा  भारत र पाकिस्तानका दुई खेलाडी बाहिरिएका छन्।  रविन्द्र जडेजा टिम इन्डियाबाट बहिरिएका छन्। त्यस्तै पाकिस्तानका आवेश खान पनि पाक टिमबाट बारिरिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.