|

काठमाडौं : काठमाडौं महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेको पसल हटाउने भएको छ। इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको महानगरपालिकाले जनाएको छ। 

मापदण्डविपरीत अनधिकृत रूपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाइरहेको महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल हटाउन थालेको काठमाडौं महानगर नगर प्रहरी प्रमुख  राजुनाथ पाण्डेले जानकारी दिए। 

पाण्डेका अनुसार असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँबायाँ दूध डेरीमा रहेका पसलहरू हटाउन निर्देशन दिएको हो। २४ घण्टा समय दिएर  काठमाडौंको सौन्दर्य, पर्यटन र ऐतिहासिक वस्तुलाई असर पर्ने व्यवसाय हटाउन निर्देशन दिएका उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.