|

काभ्रे : जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका–२ मा रहेको फलामेटार स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ।

सोमबार धुलिखेलमा एक कार्यक्रमकाबीच फेन्दे फाउण्डेशनद्वारा सहयोगस्वरुप स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो।

एम्बुलेन्स फाउण्डेशनका प्रमुख खेन्पोले स्वास्थ्य चौकीलाई उपलब्ध गराएको उक्त एम्बुलेन्सको साँचो र ब्लु वुक खानीखोला गाउँपाकिलाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)लाई हस्तान्तरण गरेका थिए।

रोटरी क्लब अफ धुलिखेलको समन्वय र बेन चिओड मेजिकल लाइट्सको सपाेर्टमा फाउण्डेशनले स्वास्थ्य चौकीलाई उपलब्ध गराएको उक्त एम्बुलेन्समा अक्सिजनसँगै प्राथमिक उपचारसहितको सुविधा रहेको छ।

सो एम्बुलेन्समा बिरामीले आपतकालीन अवस्थामा अक्सिजन सेवा प्रवाह गर्न सक्ने छन्।

अध्यक्ष थिङका अनुसार योसँगै गाउँपालिकाभित्र दुई वटा एम्बुलेन्स हुनेछ। जसले गाउँपालिकाको सबै भेगबाट छिटोभन्दा छिटो बिरामीको उद्धार गरी स्वास्थ्य चौकी वा जिल्ला अस्पतालसम्म पुर्‍याउन सकिनेछ।

फाउण्डेशनले आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गरेर आपतकालीन अवस्थामा विकट क्षेत्रका बासिन्दाहरुले सहज रुपमा एम्बुलेन्स सेवा लिन सकियोस् भन्ने उद्देश्यले एम्बुलेन्स उपलब्ध गराएको जनाइएको छ।

एम्बुलेन्स उपलब्ध भएपश्चात विशेष गरी खानीखोलाका २, ३, ६ र ७ नम्बर वडाका विरामीले स्वास्थ्य सेवा सहज हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.