|

काभ्रे : मङ्सिर ४ निर्वाचनको लागि काभ्रे क्षेत्र नम्बर १ को (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामालाई सिफारिस गरिएको छ। कांग्रेस काभ्रेको प्रदेश क्षेत्रीय कार्यसमतिको बैठकले प्रत्यक्षतर्फ लामासहित ३ जनाको नाम सिफारिश गरेकाे हो।

कांग्रेसको महाधिवेशनमा खुल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका लामाले गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वकाे सरकार बनाउन युवा तथा खेलकुद मन्त्री दिपक मनाङ्गेलाई एमालेको विपक्षमा मतदान गराउन पोखरामै पुगेर विशेष भूमिका खेलेका थिए।

उनै लाामा २०७४ सालको प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनको साझा तथा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित भएका थिए। जिल्लास्थित कांग्रेस नेताहरुका अनुसार भने अन्तिममा लामाको नाम नै सिफारिस हुनेछ।

कांग्रेसका एक नेताले बाम लोकतान्त्रिक गठबन्धन हुँदा पनि लामाले नै टिकट पाउने बताए। उनले अन्य प्रदेशको सरकार गठनदेखि केन्द्रमा समेत बलियो पकडसँगै आवश्यकता अनुसारको भूमिका निभाउन सक्ने लामा नै अन्तिम सिफारिस हुने दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.