|
फाइल

बागलुङ : नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका २ वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन्। बागलुङमा दुई संघीय र चार प्रदेश निर्वाचन क्षेत्र रहेकोमा प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाको दुवै निर्वाचन क्षेत्रबाट सिफारिस भएका हुन्।

मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। पौडेलको स्थायी घर बागलुङ क्षेत्र नम्बर १ मा पर्छ।

नेकपा माओवादी केन्द्र बागलुङका अनुसार बागलुङ क्षेत्र नम्बर एकबाट मन्त्री पौडेलसहित कृष्ण केसीको नाम प्रतिनिधिसभाका लागि सिफारिस गरिएको नेकपा माओवादी केन्द्र बागलुङ जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिइन्।

इन्चार्ज शर्माका अनुसार बागलुङ क्षेत्र नम्बर २ बाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल सहित गण्डकी प्रदेशका भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढाको नामसमेत सिफारिस गरिएको छ।निर्वाचन क्षेत्रका हिसावले क्षेत्र नम्बर दुईले र भूगोलका हिसाबले क्षेत्र नम्बर एकले सिफारिस गरेको हो। 

यस्तै, बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा (क) का लागि दुई जनाको नाम सिफारिस गरिएको छ। उक्त प्रदेशसभा सदस्यका लागि यज्ञ वल्वभ शर्मा र चक्रपाणी कंडेल सिफारिस भएका छन्। यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा (ख) का कुलचन्द्र शर्माको नाम सिफारिस गरि पठाइएको जिल्ला इन्चार्ज शर्माले जानकारी दिइन्।

बागलुङ क्षेत्र नम्बर २ को प्रदेश सभा क र ख का लागि उम्मेदवारहरूको नाम सिफारिसका लागि छलफल भइरहेको माओवादी केन्द्र बागलुङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.