|

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १०४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार ५८७ जनामा गरिएको परीक्षणमा १०४ जना संक्रमित भेटिएका हुन्।

आज २ जना संक्रमितको मृत्यु भएको छ भने यही समयमा २०१ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

मन्त्रालयको विवरण अनुसार हाल देशभर २ हजार ३१६ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये हाल १ जना संक्रमित भेन्टिलेटरमा, १४ जना आइसियुमा, ८० जना संस्थागत आइसोलेशनमा र २ हजार २३६ जना होम आइसोलेशनमा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.