|
फाइल फोटो

काठमाडौं : प्राडा गोविन्द केसीले आज दिउँसो ५ बजेदेखि २० औँ अनशन सुरु गर्ने भएका छन्। डा केसीले धनगढीबाट आफ्नो २० औँ अनशन सुरु गर्न लागेका उनका सहयोगी प्रितम सुवेदीले बताए।

केसीले सरकारसमक्ष दुई साता समय मागेर पनि मागहरू पूरा नगरेकाले ७ बुँदे मागसहित आज साँझ ५ बजेदेखि सत्याग्रह शुरु गर्न लागेको सुवेदीले बताए।

यसअघि, भदौ १२ देखि सुरु गर्ने भनिएको सत्याग्रह सरकारका तर्फबाट केही समय माग भएको भन्दै उनले सरकारलाई दुई साताको समय दिएका थिए। डा‍ केसी विभिन्न समयमा गरी यसअघि १९ पटकसम्म अनशन बसिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.