|

सल्यान : वैदेशिक रोजगारको लागि भन्दै भारत हिँडेका सल्यानका एकजना विगत एक वर्षदेखि वेपत्ता भएका छन्।

जिल्लाको बागचौर नगरपालिका ९ पोखरीका ५१ वर्षीय कलसिङ डाँगी एक वर्षदेखि वेपत्ता भएका हुन।

२०७८ साउन ८ गते भारत जान्छु भनी घरबाट हिँडेको दिनदेखि नै परिवार र आफन्तको सम्पर्कमा नआएको छोरा धनसिङ डाँगीले बताए। उनले भने, 'घरबाट गएपछि भारत पुग्नु भयो/भएन कसैलाई पनि थाहा छैन। घरबाट हिँडेको दिनदेखि सम्पर्क हुन सकेको छैन।' कलसिङ यसअघि जाने गरेका भारतका विभिन्न ठाउँमा समेत खोजीकार्य गर्दा फेला पार्न नसकेको छोरा धनसिङले बताए।

यसअघि धेरै पटक भारत जाने आउने सहजै रुपमा गरेका कलसिङ गतवर्ष भने घर छोडेलगत्तै सम्पर्कविहीन भएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.