|

काठमाडौं : परराष्ट्र सचिव भरतराज पौड्याल आज भारतको औपचारिक भ्रमणमा जाँदैछन्। 

 पौड्याल आज अपरान्ह नेपाल एयरलाइन्सको विमानमार्फत् भारत जान लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जनाकारी दिइन्।  नेपालबाट करिब एक दशकपछि भारतमा परराष्ट्र सचिवस्तरीय औपचारिक भ्रमण हुन लागेको हो। 

सचिव पौड्याल र  भारतीय समकक्षी विनयमोहन क्वात्राबीच दुई देशबीच सम्बन्धका सबै विषयमा आज रात्रिभोजसहित औपचारिक वार्ता हुने तय भएको छ।

वार्तामा नेपाल र भारतबीच राजनीतिक, आर्थिक, सांस्कृतिक, कनेक्टिभिटी, सुरक्षा, व्यापारका बिषयमा विस्तृतमा छलफल हुने जनाएको छ।  परराष्ट्र सचिव  नेतृत्वको प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्मा, उपनियोग प्रमुख रामप्रसाद सुवेदी, भारत महाशाखा हेर्ने सहसचिव सुधीर भट्टराईलगायत हुनेछन्। भारतीय प्रतिनिधिमण्डलमा विदेश सचिब क्वात्रा, नेपालका लागि राजदूत नवीन श्रीवास्तब, विदेश मन्त्रालयको उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तव लगायत हुनेछन्। 

परराष्ट्र सचिव पौड्यालले भोलि भारतीय विदेशमन्त्री डा‍‍ एस जयशंकरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। उनी बिहीबार स्वदेश फर्किने कार्यक्रम छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.