|

संखुवासभा : राजनीतिक भागवण्डामा निर्माण गरिएको साना शहरी खानेपानी उपभोक्ता समिति अहिले ऋणमा चुुर्लुम्म डुुबेको छ।

संखुवासभको सदरमुकाम खाँदबारीमा सञ्चालित साना शहरी खानेपानी उपभोक्ता समितिलाई २४ करोड रुपैयाँ ऋण लागेको छ। सदरमुकाम खाँदबारीका लागि सञ्चालित साना शहरी खानेपानी उपभोक्ता समिति २४ करोड रुपैयाँ ऋण डुबेको हो। 

तत्कालीन समयमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भागवण्डामा निर्माण गरिएको उपभोक्ता समितिले खानेपानी उपभोक्ता समितिलाई ऋणको भारी बोकाएको छ। भने खानेपानी आयोजना समेत अलपत्र पारेर छाडेको छ। पाँच वर्षअघि मांसीमा खानेपानी निर्माणको लागि भन्दै लिएको २२ करोड ऋणमा ३ करोड तिरेर पनि ब्याज सहित अझै २४ करोड ऋण बाँकी रहेको छ। 

यता ४५ करोड १ लाख ५५ हजार रुपैयाँमा निर्माण गरिएको बृहत खाँदबारी खानेपानी निर्माण कम्पनीले हस्तान्तरण गरेको वर्षदिन नपुग्दै मांसीमा खानेपानी पूर्ण र"पमा बन्द छ। पानी अभावका कारण खाँदबारी बजारबासीले अहिले पनि सास्ती खेपिरहेका छन्। खाँदबारी साना शहरी खानेपानी उपभोक्ता समिति नगर विकास कोषको ऋणमा चुुर्लुम्म डुुबेको हो।

नगर विकास कोषसँग समितिले लिएको २२ करोड रुपैयाँ साँवा र सोको ब्याज गरि करिब २४ करोड रकम तिर्न बाँकी छ। हाल सेकाहको महाभीर, छभैया र भ्याङ्खोला मुहानबाट हाल पानी आपूर्ति गरिरहेको छ। धारामा आएको पानी पिउन उपयुक्त समेत छैन। लेदोसहितको धमिलो पानी आउने, उक्त पानीले चिलाउने र नियमित त्यो पनि नआउने गरेको स्थानीयको भनाई छ। हाल खाँदबारीका २ हजार ९६१ उपभोक्ता रहेको छ।

पाँच वर्ष अगाडि मांसीमा खोनपानीको लागि लिएको ऋणको जमानी खाँदबारी नगरपालिका र तात्काली जिल्ला विकास समिति साक्षी बसेको खाँदबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र कुमार मेवाहाङले बताए। खोनपानीको ऋण तिर्ने प्रमुख स्रोत नै उपभोक्ताले उठाएको शुल्क हो। तर उपभोक्ताहरु घट्दै गएको र उठेका रकमबाट कर्मचारीको तलबमा नै खर्च हुने भएकाले १५ वर्षको लागि लिएको ऋण तोकिएको समयमा तिर्न नसक्ने देखिन्छ।

मांसीमा खानेपानी निर्माणताका सरकार र उपभोक्ताबाट ५०\५० प्रतिशत बजेट व्यवस्थापन गर्ने नितिका कारण धेरै ऋणमा डुबेको अध्यक्ष मेवाहाङको भनाइ छ। साना सहरी खानेपानी आयोजना दोस्रा हुँदा सरकारले लगानीमा यो प्रावधान ल्याएपछि समस्या भएको हो। साना सहरी खानेपानी आयोजना पहिलो र तेस्रोमा ३०\७० मा चलेको थियो यो चाँही दोस्रो भएकोले ऋणको ब्याज धेरै भएको भनाइ छ। 

२०७० सालमा निर्माण शुरु भएको बृहत मांसिमा खानेपानी आयोजना निर्माण कम्पनीले २०७७ जेठमा हस्तान्तरण गर्‍यो। कुल लागत ४५ करोड एक लाख ५५ हजार रुपैयाँमा निर्माण गरिएको बृहत खाँदबारी खानेपानी हस्तान्तरणको वर्षदेखि नै बन्द छ।

पाइपलाइन पूर्ण रूपमा काम नलाग्ने भएपछि मर्मत अभावमा बन्द भएको हो। खाँदबारीदेखि ४३ किलोमिटर टाढा मकालु गाउँपालिका–५ मांसिमाबाट पानी उत्तर–दक्षिण राजमार्ग अन्तर्गत खाँदबारी मकालु सडक खण्डमा सडकबाट नै पाइपलाइन ल्याएका कारण पूर्ण ररुपमा काम नलाग्ने भएको छ। मांसीमा ल्याउने भनेर उपभोक्तालाई झुक्याएको आरोप स्थानीयको आरोप छ।आयोजनाको कुललागतको ५ प्रतिशत रकम सहभागितावापत मुख्य पाइप लाईन  देखि धारा जडान गर्दा दूरीका हिसाबले प्रति घर पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म तिरेका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.