|

काठमाडौं : यतिवेला देशभर डेंगु संक्रमण निरन्तर उकालो लागिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार आइतबारसम्म देशभर ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमित भइसकेका छन्।

काठमाडौं, ललितपुर लगायतका १० वटा जिल्ला उच्च जोखिममा रहेको सरकारी तथ्यांकले देखाएको छ। तर सरकारले डेंगु नियन्त्रणका लागि खासै पहल गरेको देखिँदैन। डेंगु जोखिम कायम रहँदा पनि संघीय तथा स्थानीय सरकारले पहल गरेका छैनन्। 

डेंगुको संक्रमण उच्च रहेको काठमाडौंमा महानगरपालिकाले नियन्त्रणको पहल गर्न सकेको छैन। सामान्य जानकारीबाहेक महानगरपालिकाले नगरवासीलाई सेवा नदिएको महानगरपालिकाले जनाएको छ।

केहीदिन अगाडि स्वास्थ्य स्वयंसेविका खटाइ सचेतनामूलक कार्यक्रम गरेको थियो। यतिवेला महानगरपालिका त्यसलाई नै प्रगति मानिरहेको छ। काठमाडौं महानगरले जनचेतना फैलाउने काम मात्र गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धर बताउँछन्।

उनी भन्छन्, ‘अहिले हामीले डेंगुबाट बच्ने उपायबारे जानकारी दिएका छौं।’ लामखुट्टेको वासस्थान हटाउने, झुलको प्रयोग गर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने लगायतका कामबारे सचेतना दिएको उनको भनाइ छ।

त्यसका लागि थप काम नगरेको उनले बताए। तत्कालै महानगरपालिकाको कुनै कार्यक्रम छैन। आवश्यक परेको खण्डमा बजेट उपलब्ध गराई नागरिकलाई स्वास्थ्य सेवा दिन सकिने महानगरपालिकाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.